टोटेनहमलाई डर्टमुन्डले सम्हाल्न सकेन, ३–० ले पराजित « Khabarhub

टोटेनहमलाई डर्टमुन्डले सम्हाल्न सकेन, ३–० ले पराजित


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युईएफए च्याम्पियन्स लिग अन्र्गतको बुधबारको खेलमा टोटेनहम हट्स्परले बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गरेको छ ।

पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक भएपनि हर्टमुन्डले टोटेननहमलाई सम्हाल्न सकेन।

सुरुवाती खेलमा टोटनहमलाई केही दबाबमा राखेको डर्टमुन्डले पहिलो हाफ गोलरहित बराबरीमा खेल्यो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा डर्टमुन्ड ३–० ले पराजित हुनुपर्‍यो ।

खेलको दोस्रो हाफमा ह्युङ मिन सनले जान भटोन्घनको क्रसमा उत्कृष्ट गोल गरे । दोस्रो हाफको सुरुवाती मै अग्रता लिएको टोटेनहमले खेलका ८३ औ मिनेटमा अर्को गोल गर्‍यो । सर्ज औरियरको क्रमलाई उचित सदुपयोग गर्दै भर्टोन्घनले दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेल सकिनै लाग्दा फर्नान्डो लोरेन्टेले क्रिस्टियन एरिक्सनको कर्नरलाई गोलमा परिणत गरिदिए । योसँगै डर्टमुन्ड ३–०ले पराजित भयो ।

यो लेग अन्तर्गत दोस्रो खेल डर्टमुन्डको घरेल मैदानमा हुनेछ । खेल आगामी मार्च ५ मा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : २२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै