बोलेरो दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

बोलेरो दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।

महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।

दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको वडाध्यक्ष टङ्कराम राईले जानकारी दिएका छन् । बिरामी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभूत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जाने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिए । दुर्घटना लगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०८ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन