मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु « Khabarhub

मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

“आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भने, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।”

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका थिए ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ४४ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको