टेबल टेनिसको नेपाली टोली आज कोरिया जाँदै « Khabarhub

टेबल टेनिसको नेपाली टोली आज कोरिया जाँदै


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् ।

सो प्रतियोगितामा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन् ।

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : १० बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत