टेबल टेनिसको नेपाली टोली आज कोरिया जाँदै « Khabarhub

टेबल टेनिसको नेपाली टोली आज कोरिया जाँदै


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् ।

सो प्रतियोगितामा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन् ।

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : १० बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै