नगरपालिकाद्वारा स्वास्थ्य स्वयमसेविकालाई साइकल « Khabarhub

नगरपालिकाद्वारा स्वास्थ्य स्वयमसेविकालाई साइकल


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । 

नगरपालिका–७ ले १३ वटा वडाका स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए।

‘स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ’, अध्यक्ष भट्टले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।’  त्यसैगरी दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस् भनेर साइकल वितरण गरेको उनले बताए । 

स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताए। ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ वडा कार्यालयको एक लाख ५० हजार बजेटमा साइकल वितरण गरिएको हो । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : १८ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले