स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४ नख्खीपोट बस्ने ४६ वर्षिय एकराज नेम्बाङ पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

उनले विजय लिम्बुलाई स्लोभाकिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ २ लाखभन्दा बढी तलबमा कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिने प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

उनाइ थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : १० बजे

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय