बिहारको बोधगयाको तरकारी बजारमा आगलागी, सयभन्दा बढी पसल नष्ट « Khabarhub

बिहारको बोधगयाको तरकारी बजारमा आगलागी, सयभन्दा बढी पसल नष्ट


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।

साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन् –‘आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्याभयो । लाखौंको नोक्सानी गरायो ।’

निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : २३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा