नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी | Khabarhub Khabarhub

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका हुन् ।

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उनको भनाइ छ । उनले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताए । “समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्याङ्कहरु पनि बलिया छन्”, उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ५८ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको