पठानको बक्स अफिस र ओटीटीमा दबदबा | Khabarhub Khabarhub

पठानको बक्स अफिस र ओटीटीमा दबदबा


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भैरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् ।

यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।

पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।

भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’ बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।

पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएका छन् । योसँगै यो बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ । जबकि ओटीटी प्लेटफर्मले प्राइम भिडियोलाई हल्लाइरहेको छ । योसँगै फिल्मको कमाइ पनि हलमा देखिन थालेको छ । वर्कफ्रन्टको कुरा गर्ने हो भने, शाहरुख खानको जवान र डंकी २०२३ मा रिलिज हुँदैछ, जसको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ०१ बजे

एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा

एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा भएको दमनको

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर