बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ? « Khabarhub

बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारदेखि इन्टरनेट महँगिने भएको छ । इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क(टीएनसी) लाग्ने भएपछि इन्टरनेट महँगिने भएको हो ।

संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्कको भाग बढ्ने भएको हो ।

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभएपनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ ।

यसै आर्थिक वर्षदेखि टीएससीको व्यवस्था गरिएको थियो । तर सबैतिर विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सहमति भएको थियो । जसका कारण उपभोक्तामाथि शुल्कको भार परेको थिएन । तर, सरकारले सहमति पालना नगरी जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुवाटै अतिरिक्त शुल्न लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारी गराएका छन् ।

हाल ग्राहकले जुन प्रकारको सेवामा जति शुल्क तिर्दै आएका थिए, बुधबारदेखि त्यही बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपिएर आउने छ । अर्थात तपाईले मासिक १५ सय तिर्ने गर्नुभएको छ भने अब तपाईले १६९५ तिर्नुपर्ने हुन्छ ।

तर सरकारले भने कुनै हालतमा पनि इन्टरनेटको रकम थप नहुने बताउँदै आएको छ ।

सञ्चार एवं सूचना प्रविधि मन्त्रालयले इन्टरनेट प्रदायकहरुको माग मध्ये धेरै सम्बोधन भइसकेको र केही प्रकृयामा रहेको भन्दै रकम थप नहुने दाबी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : १७ बजे

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू

आज अन्तर्राष्ट्रिय बैंक र एकपक्षीय दबाबविरुद्धको दिवस

काठमाडौं – आज अन्तर्राष्ट्रिय बैंक दिवस परेको छ । एकपक्षीय

धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत फेला

काठमाडौं – काठमाडौंको धोबीखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका

आजको मौसम पूर्वानुमान : काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको