युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन « Khabarhub

युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बाँके- एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो । महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १ : ०० बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना