सडकका ८५ प्रतिशत बालक यौन हिंसामा « Khabarhub

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न बहानामा यौन हिंसा हुने गरेको जानकारी दिएकाे छ ।

नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना  र २०७७/७८ मा ९० जना बालक यौन हिंसामा पर्ने गरेका छन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौन हिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागी गराउने गरेको उनको भनाइ छ । बालकमाथि हुने यौन हिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरूपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन ।

यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, बौद्धिक तथा मानसिक रूपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।

यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनु अधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।

बालकलाई गोप्य अङ्ग छोएर अर्थात् छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुमसुम्याउनु, अश्लील शब्द प्रयोग गरेर बोलाउनु, अश्लील तस्बिर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्व्यवहार हुन् ।

बालकलाई पनि यौन दुर्व्यवहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ४१ बजे

चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्

प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप