प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी « Khabarhub

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक-सरकारी-सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । 

यही चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रिल १७ देखि २३ सम्म न्यूयोर्कमा आयोजना हुने ‘आदिवासी मुद्दामा संयुक्त राष्ट्र संघीय स्थायी मञ्च (युएन–पिएफआइआइ) कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृतवको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति र पदस्थापन गर्ने, नेपाली सेना, सैनिक साधारण सेवाका एक सहायक रथीको उपरथी दर्जामा र नौ जना प्रमुख सेनानीहरुको महासेनानी दर्जामा बढुवा गरेको छ । 

सरकारले लोक सेवा आयोगको सिफारिसबमोजिम छ जनालाई निजामती सेवाका विभिन्न सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने, मन्त्रिपरिषद् प्रशासन समितिबाट पेश भएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । 

कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका तेह्रथुमका पदमकुमार लिम्बूलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ५ : ३९ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन