डेउडाको बहुआयामिक विषयमा प्राज्ञिक छलफल « Khabarhub

डेउडाको बहुआयामिक विषयमा प्राज्ञिक छलफल


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- 

कोही वेच्दा गण्डकी घाट, कोही बेच्दानछन् कोशी
देश बनाउने नेता भन्या, क्यान हुन्छन् दोषि ।
बिहीबार डेउडा लोकसाहित्यमाथि चर्चा गरिएको एक कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री भीम रावलले डेउडा र राजनीतिकको सम्बन्ध जोड्दै ड्उडा गीत सुनाए । एमाले नेता रावलले राजनीति र नेतामाथि ब्यङ्य गरिएको डेउडा गीतको भाका र अर्थ जोड्दै सस्कृति मान्छेको जीवन भएको बताए ।

‘सस्कृतिमा देश बोल्छ, समाज बाच्छ, जीवन चल्छ’ डेउडा लोकसाहित्यको चर्चा गर्दै रावलले भने, ‘यदी समाज देश कमजोर बनाउनुछ भने उसको सस्कृतिमाथि प्रहार गरिन्छ । त्यस कारण डेउडा कर्णाली र सुदूरपश्चिमको जीवन भएकाले यसलाई बचाइराख्नुपर्छ । ’ डेउडा लोकसात्हिय: बिमर्श गोष्ठी शीषर्क नाम दिएर २०७९ सालको अन्तिम दिन ३० चैतमा काठमाडौंमा ड्उडामाथि प्राज्ञिक छलफल भयो । ड्उडा सुनाउँदै भनाई राख्दै सुदूरपश्चिम र कर्णालीका केही नेता, प्राज्ञ, डेउडाका सर्जक, गायकले डेउडाको बहुआयामिक विषयमा चर्चा गरे ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा भाषा र लवजमा डेउडा गीत सुसेल्दै डेउडाका सामाजिक, सास्कृति, राजनीतिक पाटोमाथि चर्चा गर्दा सहभागि रमाएका थिए । म नरमाउने कुरै थिएन । सुदूरपश्चिमेली डेउडा काठमाडौंमा सुन्नुको मजा नै बेग्लै थियो।

बरिष्ठ लोक गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीत उत्कृष्ट सिर्जनाका रुपमा रहेको बताए । ‘देउडा यस्तो सिर्जना हो, जुन लेख्दा साहित्य, बोल्दा गीत र खेल्दा नाच हुन्छ । यी तिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन’, उनले भने ।

पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने डेउडा गीत पहिलो स्थानमा रहेको छ । माया, रोदन, आँसु, बेदना र दुःख पोख्ने डेउडा गीतको विगत र वर्तमान, डेउडा गीतका प्रकार, डेउडाको इतिहासका विषयमा गोष्ठीमा छलफल भएको थियो ।

गोष्ठीमा ‘सामाजिक रुपान्त्रणमा देउडा र मानशास्त्रीय, समाजशास्त्रीय दृष्टिकोणमा डेउडा’ विषयमा दुईवटा कार्यपत्र पेश गरिएका थिए । समाजिक रुपान्त्रणमा डेउडा विषयको कार्यपत्र पेश गर्दै प्रा।डा।बर्दी शर्मा बिनाडीले सामाजिक रुपान्त्रणका डेउडाले महत्वपूर्ण भूमिका खेलेको केही उदाहरण पेश गरेका थिए ।

जाडिले मरेइन हो कि ओराडको कोडी
आइजा सुवा माया भया लुवा साङ्ला तोडी

यो गीतले तत्कालिन अवस्थामा कुष्ठरोगी माथि गरेको विभेद र तत्कालीन समाजको चेतना, व्यवहार र कारुणिक यथार्थतालाई संकेत गरेको देखिन्छ ।
क्या भनी बहुदल आयो क्या भनि गणतन्त्र
राजनीतिक दलका नेता भैग्या परतन्त्र ।।

यो गीतका माध्यमबाट दलहरुले विदेशीको इसारामा काम गरिरहेका जनधारणा समेटी तिनका कार्यशैलीप्रति आफ्ना असहमति र असन्तुष्टि पोखिएको छ। डा। बिनाडीले डेउडा, समाजिक विभेदन, महिलाका सवाल, राजनीतिसहित समाजका सबै विषयसँग गाँसिएकोे बताए ।
‘समाजिक रुपान्त्रणमा डेउडा’ कार्यपत्र पेश गर्दै प्रा।डा पदम कोलौनीले समाजमा देखिएका असन्तुष्टि, परिवर्तनका चाहाना गीतमा व्यक्त गरिएका केही उदाहरण पेश गरेका थिए ।

लेखाजोखा केही हुँदैन, पसिना सीपको
गरिबका दिन छैनन, कहिले होला निको

संविधानले रोजगारीको ग्यारेन्टी गरेपनि, कानुन निर्माण भएपनि काम नपाएको र काम पाए पनि सीप अनुसारको ज्याला नपाएको विषय गीत मार्फत व्यक्त गरिने भावना पनि कार्यपत्रमा समेटिएको थियो ।

दुईवटा कार्यपत्र पेश भएपछि देउडामय सम्वाद सुरु यो । सम्वादका वक्ता थिए सांसद दयाल बहादुर शाही, प्रा।डा।जिबेन्द्र देव गिरी, प्राज्ञ तथा गायक यज्ञराज उपाध्याय, प्रा।दिब्बेश्वरी जोशी । त्यसलाई सहजिकरण गरेका थिए पत्रकार गोविन्द खड्काले । डेउडाको बहुआयामिक पाटो शीर्षक डेउडाको उत्खनन, त्यसको इतिहाँस, समाज र राजनीतिकमा डेउडा विषयमा छलफल भएको थियो ।

सांसद दयालबहादुर शाहीले राजनीतिक परिवर्तन र राजनीतिमाथि ब्यङ्ग्य प्रशार गर्नेमा सबैभन्दा चोसटलो साहित्य डेउडा भएको दावी गरे ।

कोइ कोइ गया मालाखेती, कोइ गया धनगढी
भीमदक्त मर्नाले होकी, ठालूको मनपरी

कित थातथलो छोड कि हलोजोत भन्ने शहिद भीमदत्त मारिएपछि यो गीत जन्मिएको उदाहरण पेशगर्दै सांसद शाहीले समय अनुसार डेउडा साहित्य त्यही कतिरकाले जन्मिने गरेको बताए ।
यज्ञराज उपाध्यायले छलफललाई डेउडा मय बनाउँदै न्याउला खेलबाटै डेउडा जन्मिएको प्रष्ट पारे । अहिले त देउडा भाषाको गीत भनेर सञ्चारमाध्यमबाट प्रसारण÷प्रकाशन हुन थाले तर , देउडा, डेउडा र न्याउल्या फरक भएको उनले बताए । देउडा ‘देवता’ शब्दबाट आएको र ‘देवता’ देवडा हुँदै देउडा हुन गएको उनको तर्क थियो ।

प्रा।डा। जिबेन्द्रदेव गिरीले डेउडा लोकसाहित्यको सबैभन्दा पुरानो साहित्य भएको बताए । लोकले आफै राखेका नाम देउडालाई अब बदल्न नसकनिे तर चिन्तन र बस्तुगत धारबाट यसको नामाकरण गर्नुपर्ने राय राखे । प्रा। दिब्बेश्वरी जोशीले डेउडा महिलाको जीवनशैली मध्य र सुदूरपश्चिमको कठिन जीवनशैलीको प्रतिबिम्ब भएको बताइन । उनले देउडाको इतिहासमा भाकाको प्रयोजन विरह पोख्नु मात्रै नभई विरोध गर्नु पनि रहेको बताइन ।

कार्यक्रम डेउडाको बहुआयामिक पाटोका विषयमा अनुसन्धान गर्न नेपाल आएका युनिभरर्सिटी अफ क्रिएटिभ आर्ट युकेका प्राध्याक डा। साइमन डान्सीको पनि सहभागिता थियो । अन्तराष्ट्रियस्तरमा साहित्यको खोज अनुसन्धान गर्दै आएका प्राध्यापक डा साइमोनले भाषा संस्कृतिले समाजलाई जीवन्त राख्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै यसको अध्ययनका लागि आफु उत्साहित रहेको बताए । कार्यक्रमलाई नेपाल एफएम नेटवर्कले सहजिकरण गरेको थियो ।

मध्य तथा सुदूरपश्चिमका प्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ । मानसखण्ड अन्तर्गतमा ९बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, मुगु, जुम्ला, दैलख, कालिकोट, जुम्ला० खस राज्यको उत्पतिसंगै डेउडा गीतको उत्पति भएको मानिन्छ । डेउडा लोकप्रिय, कर्णप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो । स्थानिय जनताले खस राजालाई आफ्ना दुख, पिडा, वेदना लयात्मक रुपमा पोख्दा पोख्दै डेउडा जन्मिएको मानिन्छ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : १५ बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको