रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो « Khabarhub

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ । 

यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिएको थियो । अहिले परिवर्तन गरेर भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

स्थान परिवर्तन भएसँगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको उनले बताए ।

आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा आवासको प्रबन्ध गरिएको छ ।

पार्टीको स्थानीय जिल्ला र नगर कमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडी बढाइएको केन्द्रीय सदस्य गौतमले बताए । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : ५० बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६