श्रमिकबारे सरकारलाई मानवअधिकार आयोगको सिफारिस | Khabarhub Khabarhub

श्रमिकबारे सरकारलाई मानवअधिकार आयोगको सिफारिस


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानवअधिकार संरक्षणका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ ।

आयोगले विगत तीन वर्षको अवधिका सूचना, तथ्याङ्क एवं अध्ययन, अनुसन्धानका आधारमा ‘आप्रवासी नेपाली श्रमिकहरूको मानवअधिकार अवस्था प्रतिवेदन, २०७९’ प्रकाशन गरेको छ ।

उक्त प्रतिवेदनमा उल्लेखित सिफारिस कार्यान्वयनका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डा टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरुका परिवारसँग सम्बन्धित समस्या समाधानका लागि आयोगले सरकारलाई ५८ बुँदासहित सिफारिस गरेको छ ।

गन्तव्य देशबाट नेपालमा विप्रेषण पठाउँदा दक्षिण एसियाली अन्य देशभन्दा नेपालमा पठाउन बढी लागत रहेकाले त्यसलाई घटाउन सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई संस्थागत गरी जिम्मेवार बनाउने, गन्तव्य देश र स्वदेशमै पनि श्रमिकको न्यायमा पहुँच बढाउने, द्रूत उद्धार, सम्मानजनक फिर्ती र दिगो पुनःएकीकरण सुनिश्चित गर्नेलगायत विषय समेटिएका छन् ।

मतदान अधिकार, महिला आप्रवासी श्रमिकको जोखिम न्यूनीकरण गर्ने, आप्रवासी श्रमिकका सन्तानलाई बालअधिकार ऐन, वैदेशिक रोजगार नीति र विकासका सवालमा समावेश गर्ने, आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको बाँच्न पाउने अधिकार तथा स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने र आप्रवासन सुशासन सुनिश्चित गर्ने विषय आयोगले सिफारिस गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०२ बजे

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

दार्चुला– व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको

महाकाली सिँचाइ तेस्रो चरणमा

कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको

पत्रकारलाई सेनाको तालिम

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष