पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो | Khabarhub Khabarhub

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

पर्वत– साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ ।

कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । नयाँ वर्ष प्रारम्भको बेला भएकाले दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ । 

नयाँ वर्षमा पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखिनै होटल बुकिङ हुन थालेको सञ्चालकको भनाइ रहेको छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । चैतदेसैँ तथा गार्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि जिल्ला सदरमुकाममा चहलहपल बढ्न थालेको हो । 

मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रबाट शैक्षिक सङ्घ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ समेत जाने गरेको होटल व्यवसायीको भनाइ छ । 

पछिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन् । यता बञ्जीजम्प र जीपलाइनमा समेत एक हप्ताअघिदेखिनै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको दिनमा पर्यटकको चाप बढी हुने गरेको छ । 

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको होटल व्यवसायी सञ्चालक राजु कार्कीले बताए। आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  २ : ५१ बजे

चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार

काठमाडौं– पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

काठमाडौं– लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

प्रधानमन्त्री प्रकोप उद्धार कोषमा निफ्राको २५ लाख

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थागत सामाजिक

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी