मौरीपालनमा मोह | Khabarhub Khabarhub

मौरीपालनमा मोह


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।

रामपुर नगरपालिका-६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा चिनिन्छन्।

उनको घरमा अहिले मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघिदेखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढेको उनको भनाइ छ।

गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजारमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो एक हजार एक सयमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ। वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपानेको भनाइ छ।

एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको अनुभव छ। मौरीघार गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा छ लाखसम्म आम्दानी गर्दै आएका छन्।

उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका हुन्। घरमा परम्परागत १५-२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रुपमा नै उनले आधुनिक घारबाट अगाडि बढ्ने सोच बनाएका हुन्। उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरेका हुन्।

स्वास्थ्यका लागि मह अति नै राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्नु नपर्ने उनको अनुभव छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ५१ बजे

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक