चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता « Khabarhub

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार हुआनिङ काउन्टीस्थित नानपान नदीमा शनिबार डुङ्गा दुर्घटना भएको हो। दुर्घटनाका बेला डुङ्गामा छ जना सवार रहेका काउन्टी सरकारले जनाएको छ।

सरकारका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जनालाई सकुशल उद्धार गरिएको छ। अन्य तीन जना अझै बेपत्ता छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि आपतकालीन, अग्निनियन्त्रण तथा प्रहरी विभागको समन्वयमा ४७० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मीहरूले नदीमा बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। दुर्घटनाको कारणबारे स्थानीय अधिकारीहरूले अनुसन्धानसमेत सुरु गरेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ३ : ०२ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ