अन्नपूर्णमा आरोहण सुरु | Khabarhub Khabarhub

अन्नपूर्णमा आरोहण सुरु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।

सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्टे«लियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरुको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

यसवर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल छ ।

इलाइट टे«किङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएका थिए। आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरे । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : २८ बजे

पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

जुम्ला– चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न  जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने

‘निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ’ 

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा

प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि महाधिवेशन

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा– रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ