‘ने–पेमाछाल’मा पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम « Khabarhub

‘ने–पेमाछाल’मा पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् ।

शनिबार ने–पेमाछालमा आयोजित कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछालमा लामा गुरुहरूले पूजा, जिन्लब, डुप्सी, छेवाङ तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि विधिपूर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलन तामाङले जानकारी दिए  । जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले नयाँ वर्षको अवसरमा ने–पेमाछालमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताए । यसबाट  जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागिता जनाउन चार दिनअघि नै हिँडेका आन्तरिक पर्यटक ने–पेमाछालमा जम्मा भएका थिए । गाउँपालिका आफैँले छानेका यात्रीलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटेस्थित रत्नराज्य माविबाट चार दिनअघि बिदाइ गरेका थिए ।

थपियो उत्साह

विसं २०७५ बाट आरोहण खुला गरिएको जुगलअन्तर्गतका अन्य हिमालसमेत खुला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका हिमाल आरोहण खुला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिइएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमालअन्तर्गत ‘जुगल १’ देखि ‘जुगल ५’ नामकरण भएका थप पाँच चुचुरा आरोहण खुला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०१ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा