जुगल आरोहण खुल्ला, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास « Khabarhub

जुगल आरोहण खुल्ला, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चौतारा– विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । 

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत  ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम गरिएको छ ।

छ हजार एक सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोहण गरिएको थियो । हालसम्म औपचारिकरूपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन् । दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गरेका थिए। 

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटन प्रवर्द्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : २१ बजे

ज्ञानेन्द्र शाहलाई विमानस्थलमा राजावादीको स्वागत

काठमाडौं– लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई

तराईका ग्रामीण भेगमा देखिन छाडे गोरुगाडा

राँझा– तराईका ग्रामीण भेगमा देखिने गोरु गाडा अहिले देख्नै मुस्किल हुन

राष्ट्रियसभा बैठक : मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले

निर्वाचनमा सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने

बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा

काठमाडौं- बिहीबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएसँगै बंगलादेशको राजनीति अब