सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : अख्तियारद्वारा ९ जनाविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : अख्तियारद्वारा ९ जनाविरुद्ध मुद्दा दायर


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोपपत्रमा पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरेको छ ।

पौडेलले पावर सिस्टम खरिद गर्दा बोलपत्रमा मिलेमतो गरेको, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड, सीडइ नविन कुमार पोखरेल (मेकानिकल) लाई ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेशप्रसाद पोखरेललाई २० करोड ३८ लाख, शाखा अधिकृत मनिकमान महर्जनलाई ३ करोड ४४ लाख रुपैयाँ बिगो तोकेको छ ।

त्यस्तै, अख्तियारले लेखा अधिकृतबाट सेवानिवृत्त रामबहादुर बुढालाई १९ करोड ८८ लाख, शाखा अधिकृत शिरिष उपाध्यायलाई ४० करोड, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई २३ करोड ४४ लाख रुपैयाँ बिगो तोकेको छ ।

यसैगरी, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ४३ करोड ५७ लाख, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौलाई ८ लाख ६९ हजार रुपैयाँ बिगोसहित अख्तियारले विशेष अदातलमा मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ४७ बजे

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका