कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक « Khabarhub

कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।

चालु शैक्षिक सत्रको पहिलो सुरुआतमै सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला वर्षमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि पुस्तकको अभाव हुने गरेको थियो । यस पटक समयमै पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

“पाठ्यपुस्तक खरिद गर्ने रकम गाउँपालिकाको खातामा जम्मा भइसकेको छ”, उनले भने , “पालिकाले विद्यालयको खातामा पैसा पठाइसकेको छ । विद्यालयहरूले पुस्तक खरिद गरिसकेका छन् ।” समयमा नै जिल्लामा पाठ्यपुस्तक आएकाले वितरणको काम थालिएको खाँडा चक्र नगरपालिका मान्म बजारमा सञ्चालित विनोद बुक सेन्टरका वितरक नन्दबहादुर शाहीले बताए ।

विगतका वर्षमा विद्यालयमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक विना नै पढाउनुपर्ने बाध्यता रहेको तर अहिले त्यो समस्या हल भएको नरहरिनाथ गाउँपालिका–९ लालु जनप्रभात माध्यमिक विद्यालयमा प्रधानध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । “हामीले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिने गरेका छौँ”, उनले भने, “नयाँ वर्षको दुई दिन बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना खुला गरेका छौँ । भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक पनि सँगै दिने गरेका छौँ ।”

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ४१ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा