धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द « Khabarhub

धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।

सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सडक मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसमेतको सक्रियतामा तीव्ररूपमा सडक मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो समयमा धुलिखेलदेखि पाँचखालसम्मको सडकखण्डमा सम्पूर्ण सवारी साधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ३२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष