तुलसीपुरमा कागती खेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन « Khabarhub

तुलसीपुरमा कागती खेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देउखुरी– संघीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । संघीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ ।

पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती खेतीका लागि किसानलाई प्राविधिक दक्षताको काम सुरु गरिएको छ । उपमहानगरप्रमुख टीकाराम खड्काले संघीय सरकारबाट पालिकालाई कागती पकेट क्षेत्र घोषण गरेसँगै कार्यान्वयनको चरणमा पुगेकाले यसको विस्तार र बजारीकरणमा विशेष ध्यान दिइने बताए । उनले कागती खेतीलाई व्यावसायिकका साथै एक घर एक कागतीका बिरुवा रोप्ने कार्यलाई अभियानकैरुपमा अघि बढाइने बताए । 

उपमहानगरपालिकाका कृषि शाखा प्रमुख  धनराज गौतमले कागती खेती गरिरहेका किसान र खेती गर्न इच्छुक किसानका लागि गुणस्तरीय बिरुवा उत्पादन र  व्यावसायिक सीपको दक्षताका लागि तालिम गर्नाका साथै  व्यावसायिक कागती खेती गरिरहेको ठाउँमा पुगेर किसानलाई सीपसमेत प्रदान गरिने बताए। उनले उपमहानगरपालिकाको अन्नबाली कम उत्पादन हुने वडा नम्बर १,३,४,१९,१८मा कागती खेती विस्तार गर्न सकिने जानकारी दिए।

एक पटक कागतीको बिरुवा रोपे २५ वर्षसम्म उत्पादन गरेर आम्दानी गर्न सकिने भएकाले कागतीमा देखिने रोगकीरा नियन्त्रण र व्यावसायिक खेतीलाई प्रोत्साहन गरिने शाखाप्रमुख गौतमले बताए। आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादन बढाउन र प्रोत्साहन दिन तरकारी तथा फलफूल बजार क्षेत्रमा बिक्री वितरणका लागि परिचयपत्र वितरण गर्न थालिएको उनको भनाइ थियो । 

किसानले उत्पादन गरेका वस्तु बिक्री वितरणका लागि प्रत्येक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको आर्थिक विकास समितिका संयोजक माधव वलीले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ५६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने