युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन « Khabarhub

युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार रुसका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर अमेरिकाले गरेको आलोचनाको ब्राजिलले खण्डन गरेको हो ।

चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्केका ब्राजिलका राष्ट्रपतिले रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिएका थिए ।

युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उनको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । अमेरिकाले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । रुसमाथि प्रतिबन्ध लगाउने तथा युक्रेनलाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गरेको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।

युक्रेन युद्धलाई लिएर तटस्थ देखिए पनि चीनले रुससँग साझेदारी कायम गरेको छ । चीन रुसमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि चीनले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।

करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ४३ बजे

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको