उपलब्धि उल्ट्याउन खोज्ने गतिविधिलाई छुट दिन सकिन्न : उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

उपलब्धि उल्ट्याउन खोज्ने गतिविधिलाई छुट दिन सकिन्न : उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारसँगको छलफलका क्रममा श्रेष्ठले सरकार संविधानको रक्षा, सुदृढीकरणको पक्षमा रहेको भन्दै उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका हुन् ।

उनले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत संक्रमणकालीन न्यायका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नुपर्ने बाटोमा सरकार लागेको जिकिर गरे ।

राजनीतिलाई आफ्नो मुक्तियात्राको महत्वपूर्ण अंगको रुपमा परिभाषित आफुले गरेको भन्दै श्रेष्ठले राजनीतिलाई जनता र देशलाई सेवा गर्ने माध्यम बनाएको बताए ।

उनले नेपालको सुरक्षा निकायको मनोवललाई उच्च राख्दै निष्पक्षताका आधारमा सरुवा बढुवाको काम गर्ने बताए । उनले गृह प्रशासनलाई शक्ति केन्द्र वा राजनीतिक दबाब र अवाञ्छीत चलखेलबाट मुक्त गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले सुरक्षाकर्मीको सेवा सुविधामा पुर्नविचार गर्न सरकार तयार रहेको बताए । त्यस्तै, उनले मिटरब्याज पीडित जनताको न्यायका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै सरकारले गठन गरेको आयोगमार्फत जनतालाई न्याय दिने स्पष्ट पारे ।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले संविधान बमोजिम नै नागरिकता पाउनुपर्नेहरुलाई छिटो दिलाउन सरकार प्रतिवद्ध रहेको र नागरिकता संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति खोज्न चाहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ५३ बजे

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा