राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज « Khabarhub

राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।

राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उनले बताईन् । बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताईन ।

बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माले मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा कुनै निर्णय नभएको बताईन् । उनले भारत भ्रमणको मिति पनि तय नभएको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : २६ बजे

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ