तमोर नदीमा एक युवक बेपत्ता « Khabarhub

तमोर नदीमा एक युवक बेपत्ता


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए । पाँचथरको तुम्बेवा गाउँपालिका–२ सिसौबोट नजिकैबाट पौडिएर उनी नदी पारी गएका थिए । पारिबाट वारि काम गर्दै आएको स्थानमा फर्कने क्रममा उनलाई नदीले बगाएको चौबिसे गाउँपालिका–४ का वडाध्यक्ष लोकेन्द्र मगरले बताए । पौडी खेल्न उनी एक्लै गएका थिए ।

मगरलाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीयवासीहरूले खोजी जारी राखेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : २६ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित