कामपा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य « Khabarhub

कामपा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ ।

उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको कामपाले जनाएको छ । उक्त कार्य अघि बढाउँदा कामपाले सातबुँदे सर्त अनिवार्य गरेको छ । निर्माण कार्य गर्दा आवतजावतमा असुविधा पार्न नहुने, धुँवा धुलो उड्न नदिन छेकबार लगाउनुपर्ने, कामसम्बन्धी सङ्केत पाटी राख्नुपर्ने, सकेसम्म रातको समयमा काम गर्नुपर्ने, काम गर्दा अनावश्यक सामग्री थुपार्न नपाइने, काम सकिएपछि दुरुस्त अवस्थामा सडक छोड्नुपर्नेलगायत विषय रहेको कामपाको भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए ।

तोकिएको सर्त पालना नगरे फोहरमैला व्यवस्थापन ऐन, २०६८ र वातावरण संरक्षण ऐन, २०७६ का आधारमा फोहर गर्नेलाई रु पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गरिने, अनधिकृतरूपमा राखिएका सामान उठाएर लगिने प्रमुख थापाले स्पष्ट पारे ।

उनले भने , “बर्खाको पानी र डुबानको सम्भावित समस्या समाधान गर्न नदीको बहाव क्षेत्रका अवरोध हटाउन, विकास निर्माणका क्रममा सडक र सडक पेटीमा छोडिएका अवरोध हटाउन राजधानी सहरलाई नै कुरूप पार्ने गरी जताततै छरिएर राखिएको तार व्यवस्थापनको विषयमा पनि एकापसमा समन्वय आवश्यक छ ।

त्यसैगरी समन्वयबिना ढल निर्माण, बर्खाको पानीले हुने डुबानले समस्याग्रस्त बस्ती व्यवस्थापन, बिजुलीका पोलमा हुने आगलागी समस्या समाधान, सामुदायिक कुकुर व्यवस्थापन, सहरी सुन्दरता र व्यवस्थापनमा पनि नागरिकलाई महसुस हुने गरी नतिजा ल्याउने काम हुन नसकेको उनको भनाइ छ ।

“सडक किनाराका पोलमा यत्रतत्र रहेका ७० प्रतिशत तार काम नलाग्ने भए पनि समन्वयको अभावले अनावश्यक तार काट्न सकिएको छैन, काट्दा कसको तार काटिन्छ र कसको सेवा रोकिन्छ भन्ने थाहा छैन त्यसैले समन्वयबिना पूर्वाधार निर्माण सम्भव छैन”, थापाले भने।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ३७ बजे

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगि गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले