कोभिडको होल्डिङ सेन्टरको विकल्प खोज्न सुझाव  « Khabarhub

कोभिडको होल्डिङ सेन्टरको विकल्प खोज्न सुझाव 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा – कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सिमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा नआएपछि स्थानीय प्रशासनले त्यसको विकल्प खोजेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि नेपाल सरकार रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले त्यसका लागि प्राप्त सुझावका आधारमा मन्त्रालयसमक्ष तीनवटा विकल्प प्रस्ताव गरेको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ हेरेर प्रतिवेदन पेस गर्नु भनेको थियो त्यसका आधारमा तीनवटा विकल्प पठाएका छौँ”, होल्डिङ सेन्टर प्रयोगका लागि मन्त्रालयलाई पठाइएको प्रस्तावबारे बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने, “देशभरिका सन्दर्भमा पनि मन्त्रालयले काम गरिरहेकाले निर्णयका लागि सजिलो हुने गरी सबै प्राप्त सुझावलाई विकल्पका रूपमा पठाएका छौँ ।”

स्थानीय प्रशासनले बहु उपयोगी एकीकृत पुनः स्थापना केन्द्रको सम्भावना औँल्याएको छ । “जसमा लागुऔषध दुर्व्यसनी, स्पाइनल कर्ड इन्जुरी, कुष्ठरोग यस्ता खालको पुनः स्थापना केन्द्र चलाउन सकियो भने एकै ठाउँमा धेरैलाई सेवा दिन सकिन्छ”, प्रजिअ आचार्यले भने । तीन सदस्यीय अध्ययन कार्यदलले सङ्कलन गरेको सुझावका आधारमा कतिपयले अस्पतालका रूपमा उपयोग गर्न सुझाव दिएका छन् ।

यहाँस्थित भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पताल भवनका रूपमा उक्त संरचना प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भने, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने भन्ने विषयमा पनि छलफल भएको हो ।”

विपद्का बेलामा स्थानीय तहका बाढीपीडितलाई राख्न सकिनेलगायतका विषयमा छलफल भएका छन् । अर्को विकल्पका रूपमा निजी क्षेत्रका लागि निश्चित समयका लागि ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको प्रजिअ आचार्यले बताए । प्रजिअ आचार्यले विभिन्न तीन–चारवटा विषयमा उपयोगका सम्भावनामा छलफल भएको जानकारी दिँदै भने, “तीनवटा विकल्प दिएका छौँ, अन्तिम निर्णय गर्ने जिम्मा रक्षा मन्त्रालयलाई भएकाले केही उपयोगको निर्णय गर्ला ।”

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ३२ बजे

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ