निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण « Khabarhub

निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।

जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गरे। उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो ।

पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन् । निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ४५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच