म्यान्मारमा हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको घटनाप्रति भारतद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

म्यान्मारमा हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको घटनाप्रति भारतद्वारा दुःख व्यक्त


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले म्यान्मारमा हवाई आक्रमणमा परी सर्वसाधारणको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन् ।

उनले म्यान्मारको उक्त घटनाबाट आफूहरु विचलित भएको उल्लेख गरे । केही समयअिघ म्यान्मारको सागिङ क्षेत्रको कम्बालु टाउनसिप नजिकै हाल सरकार चलाइरहेको सेनाले हवाई आक्रमण गर्दा १६८ जनाको मृत्यु भएको थियो ।

भारत म्यान्मारमा शान्ति, स्थिरता र प्रजातन्त्र पुनर्वाहलीको पक्षमा रहेको समेत बागचीले उल्लेख गरे । सन् २०२१ मा म्यान्मारको सैनिक हुन्टाले सरकार कब्जा गरेयता त्यहाँ हिंसात्मक घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ५९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार