चक्कु प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु « Khabarhub

चक्कु प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यमाथि चक्कु प्रहार भएको  हो ।

बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् ।

चक्कु प्रहारमा घाइते भएकी आचार्यको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ५ : ४८ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु