अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने « Khabarhub

अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने



दोहा – कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ। नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ। हाललाई दूतावासको उपलब्ध जनशक्तिको आधारमा बढीमा दैनिक ५० आवेदन रुजु गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्नेमा लग इन गर्नुपर्ने हुन्छ। लग इन भइसकेपछि पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्छ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिनुपर्ने हुन्छ। पासवर्ड बिर्सिएको खण्डमा राजदूतावासको [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित रिसेटका लागि अनुरोध गर्न सकिनेछ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गइसकेपछि माग भए बमोजिमको सम्पूर्ण कागजपत्र राखेर अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ कतार छनौट गरी आवेदन दिनुपर्ने हुन्छ। प्रक्रिया पुरा गर्नका लागि राहदानी, कतारी आइडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति स्पष्ट देखिने कागजात अपलोड गर्नुपर्ने हुन्छ।

श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ई सेवा र खल्तीबाट तिर्न सकिनेछ। श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि दूतावासमा उपस्थित भने हुन नपर्ने जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : १७ बजे

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ

घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं– गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ