थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु  « Khabarhub

थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु 


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

यस्तै कोरोना सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : २४ बजे

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले