राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा दुई अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८५ प्रतिशतले बढी हो । 

त्यसैगरी बैंकको कूल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब पाँच करोड ६६ लाख रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । 

बैंकको खुद सञ्चालन नाफा (करअघिको) तीन अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ६४.२६ प्रतिशतले बढेर छ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा वितरणयोग्य मुनाफा नरहेकोमा आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब सात करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

गत असार मसान्तसम्म बैंकको कूल समग्र आम्दानी तीन अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार सोही अवधिमा बैंकको कूल निक्षेप छ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ तथा खुद कर्जा तथा सापट तीन खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्म पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । बैंकको त्रैमासिक औसत आधार दर ४.२२ प्रतिशत रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, ब्याजदर अन्तर ३.३७ प्रतिशत, कोषको लागत दर २.९६ प्रतिशत तथा प्रतिशेयर आम्दानी २९.१४ रुपैयाँ रहेको छ । 

हाल उक्त बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३१६ वटा शाखा कार्यालय, ३३५ वटा एटिएम तथा एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । 

उनका अनुसार बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कूल ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

समयसापेक्ष ग्राहकको माग बमोजिम परिष्कृत सेवा दिइरहेको बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृतसमेत भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले हासिल गरेको उक्त सफलताका लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

उनले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : २२ बजे

डिमान्डेन्ड सुपरस्टार नायकहरूको गतिविधि : अनमोल र पल सुटिङमा, प्रदीपको घोषणा मात्रै

काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक

पार्टी एकताले मात्र देशलाई विकराल स्थितिबाट जोगाउन सक्छ : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्रको आन्तरिक विवादका

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका