यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा « Khabarhub

यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बैतडी – सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।

नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताए। टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी रहेका छन् ।

यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिएइको छ । वैशाख १ देखि ७ गतेसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ ।

राष्ट्रियस्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : १९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको