टोखामा आगलागीबाट एक करोडको क्षति | Khabarhub Khabarhub

टोखामा आगलागीबाट एक करोडको क्षति


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।

टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान क्षति हुँदा रु एक करोड बराबरको क्षति भएको राससलाई जानकारी दिनुभयो । बाँकी तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।

आगालागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा रु २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा रु २५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको तीन वटा सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले बताए । नेपाल प्रहरी, स्थानीय बासिन्दा, पानीको दुई वटा दमकल, तीन वटा पानीको ट्याङ्करको सहायतामा उक्त आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : ५५ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१