महारेजको ह्याट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा « Khabarhub

महारेजको ह्याट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियाद महारेजको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

बेम्बली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सिटीले पेनाल्टीवाट खेलमा अग्रता लिन सुरु गरेको थियो । खेलको ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका हुन् । र, अन्तत पहिलो हाफ १–० को स्थीतिमा रह्यो ।

उनै महारेजले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनेटमा नै अर्थात ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले अर्को गोल गरे । एउटै खेलमा लगातार तीन गोल गरेर महारेजले ह्याट्रिक मात्रै गरेनन, क्लबलाई ३–० ले बिजयी पनि गराउँदै फाइनलमा लगिदिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ३२ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण