द्वन्द्वग्रस्त सुडानबाट अमेरिकी कूटनीतिज्ञको उद्धार « Khabarhub

द्वन्द्वग्रस्त सुडानबाट अमेरिकी कूटनीतिज्ञको उद्धार


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ । गत शनिबारदेखि युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो ।

अमेरिकी सेनाले सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएको राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले उद्धारमा अमेरिकी सेनालाई सघाएकामा जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारी र सैनिकको प्रशंसा पनि गरेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झण्डै एक सय जना कूटनीतक कर्मचारी तिनका परिवारजनलाई हेकिप्टर प्रयोग गरेर दूतावास भवनबाट बाहिर निकालेको थियो । तीनवटा चिनुक हेलिकप्टर अमेरिकी सेनाका अधिकारी जिबुटी, इथियोपिया हुँदै सुडान पुगेका थिए ।

अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द रहेको छ । अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने बताएको छ । उनीहरूलाई सुरक्षित रुपमा त्यहाँबाट निकाल्न पनि कठिन भएको जनाइएको छ ।

शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो । कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानाडका नागरिक छन् ।

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा चार सय जनाले ज्यान गुमाएका छन् । हिंसात्मक घटनामा अरु चार हजार जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ४२ बजे

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने