१ लाख बाँदर चीन निर्यात गर्ने योजनाको विरोधमा श्रीलङ्कामा प्रदर्शन | Khabarhub Khabarhub

१ लाख बाँदर चीन निर्यात गर्ने योजनाको विरोधमा श्रीलङ्कामा प्रदर्शन


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले लोपोन्मुख टोक मकाक प्रजातिका एक लाख बाँदर निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना अघि सारेपछि पशु अधिकारकर्मीहरूले विरोध गरेका छन् । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार एक लाख टोक मकाक बाँदर चीन निर्यात गर्ने कृषिमन्त्रीको योजनाको विरोधमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले लोपोन्मुख वन्यजन्तुको सूचीमा राखेको गरिएको टोक मकाक श्रीलङ्कामा भने संरक्षित प्रजातिको सूचीमा पर्दैन । संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा करिब ३० लाख टोक मकाक प्रजातिका बाँदर रहेका छन् । ती बाँदरले बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएको बताइएको छ ।

“यो देशमा बालीनालीमा क्षति पु¥याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने ।

“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ ।

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र ¥याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन