एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदीको खेल वर्षाले प्रभावित | Khabarhub Khabarhub

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदीको खेल वर्षाले प्रभावित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा आज बिहान ८:३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : २५ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न