काठमाडौं महानगरपालिकाका नायव सुब्बा १ लाख घुससहित पक्राउ « Khabarhub

काठमाडौं महानगरपालिकाका नायव सुब्बा १ लाख घुससहित पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नायव सुब्बा घुस रकमसहित पक्राउ परेका छन् ।

महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद सोती १ लाख ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सोतीले सामाजिक विकास विभागअन्तर्गत सञ्चालित कार्यक्रमको भुक्तानी गरेवापत घुस माग गरेका थिए । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नासु सोतीलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।

सोतीलाई बबरमहलस्थित महानगरपालिकाको कार्यालय क्षेत्रबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : १९ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी