सेयर बजारमा २.७१ अंकको वृद्धि  | Khabarhub Khabarhub

सेयर बजारमा २.७१ अंकको वृद्धि 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागि १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ ।   कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको करिब ३ करोडको कारोबार भएको हो । 

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ  भने बाँकी सबै कम्पनीहरूमा सामान्य वृद्धि भएको छ । सबै उपसुचक कम्पनीहरूमा ओरालो लागेको छ । सोमबार पिपुल्स पावर ८.११ प्रतिशत र नबिल प्रगति फण्डको ७.९४ प्रतिशतको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : २८ बजे

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय