सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन : अभिनेता सुनील शेट्टी « Khabarhub

सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन : अभिनेता सुनील शेट्टी


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सुनील शेट्टी बलिउडका प्रतिभावान् अभिनेतामा पर्छन् । उनले कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् । बलिउडका एक एक्सन हिरो सामाजिक सञ्जालको ट्रोल्सबाट निकै डराउँछन् ।

‘द रणवीर शो’ मा रणवीर अल्लाहबादियासँगको अन्तरवार्तामा सुनीलले सामाजिक सञ्जालको विषयमा खुलेर कुराकानी गरेका थिए । ‘आजको समयमा सामाजिक स‌ंजालमा कुनै गोपनीयता छैन । यसले तपाईँको जीवनको अन्त्य गरिदिन्छ । एक वाक्यलाई १५ फरक–फरक तरिकाले सम्पादन गरिन्छ । १५ किसिमले प्रस्तुत गरिन्छ । जसकारण हाम्रो जीवन नष्ट गरिदिन्छ । त्यहीकारण यी कुरामा म बोल्न डराउँछु’, उनले भने ।

उनले सामाजिक स‌ंजालले आफूहरूलाई बौद्धिक बन्न बाध्य बनाएको कथा सुनाए । ‘किनकि तपाईँले मलाई त्यो कुराका लागि फरक किसिमले प्रस्तुत गरिरहनु भएको छ, जुन कुरा म गर्न चाहँदिनँ । म ट्वीटर र फेसबुकमा पनि यी कुरा बुझ्दिनँ । मलाई मेरो परिवारलाई गाली गर्नु, मेरी छोरीलाई अपशब्द बोल्नु, मेरो आमालाई बोलाउनु । के कारणले हो यस्तो ? यी सबै कुराले मलाई दुःखी बनाउँछ । किनकि म पुरानो शिक्षाबाट आएको हुँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ४३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा