आजको मौसम : पाँचवटा प्रदेशमा पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : पाँचवटा प्रदेशमा पानी पर्ने


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको छ। 

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू-भागहरुका  केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : १८ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ