जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम « Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णालीको पर्यटन  प्रवर्द्धन गर्न आयोजित  चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ । 

 कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको  ४९ किलोमिटरको सो प्रतियोगितामा चार घन्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरी जुम्लाकै धीर बूढा द्वितीय  भएका छन् । यसैगरी  पाँच घन्टा आठ मिनेट ४१ सेकेन्डमा तोकिएको दूरी पार गरी शेरबहादुर बूढा तृतीय स्थानमा आउन सफल भएको क्लब सचिव मधुराज न्यौपानेले बताए। सो प्रतियोगितामा पाँच घन्टा २६ मिनेट ५५ सेकेन्डमा सो दूरी पार गरेर लालचन्द्र रावल चौथो, पाँच घन्टा ३३ मिनेट आठ सेकेन्डमा सो दूरी पार गरेर सोवबहादुर रावतले पाचौँ स्थान प्राप्त गरेको क्लबले जनाएको छ ।
महिलातर्फ मञ्जु प्रथम 

महिलातर्फ छ घन्टा छ मिनेट २३ सेकेन्डमा जुम्लाकै मञ्जु रावत प्रथम, छ घन्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र सात घन्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् । सात घन्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दूरी पार गर्दै उमाकली बूढा चौथो र सात घन्टा ५९ सेकेन्ड १५ मिनेटमा दूरी पार गर्दै कुशा बूढा रोकायाले पाँचौँ स्थान प्राप्त गरिन् । 

प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन् । प्रतियोगितामा जुुम्लाबाट रारा हुटुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० मध्ये ५१ मात्रै रारा पुगेको कर्णाली स्पोर्टस् क्लब जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः  एक लाख,  ७५ हजार ५० र चौथो र पाँचौँ हुने खेलाडी २०-२० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष  शाहीले बताए।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीले समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा दौडेका थिए । उक्त  प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार– प्रसारमा टेवा पुग्ने उद्देश्यले हरेक वर्ष लोकतन्त्र दिवसको अवसर पारेर क्लवले जुम्ला-रारा अल्ट्रा म्याराथन गर्दै आएको छ ।

 प्रतियोगितामा नेपालका १९ जिल्लाका खेलाडीसहित विदेशीतर्फ अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएको जनाइएको छ ।  

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ५० बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने