हिउँद लागेसँगै प्रदूषणको रेकर्ड तोड्ने यात्रामा काठमाडौं | Khabarhub Khabarhub

हावापानी

हिउँद लागेसँगै प्रदूषणको रेकर्ड तोड्ने यात्रामा काठमाडौं

पश्चिमी वायु : नेपाललाई समस्या पनि, वरदान पनि !


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तरार्धको वर्षाले विनाश निम्त्याएर मनसुन बिदा भएको १८ दिनमै काठमाडौं उपत्यकामा प्रदूषणको ग्राफ बढ्न थालेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरको प्रदूषित शहर सूचीमा नेपाल दिउँसोपख २५औं स्थानसम्म उक्लिइसकेको छ ।

आइक्यू एअरका अनुसार यतिखेर उपत्यकाका हाँडीगाउँ, रत्नपार्क र जावलाखेल गरी तीन स्थानको वायु गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थकर छ । शनिबार दिउँसो झण्डै दर्जन स्थानको वायु प्रदूषणले मध्यमस्तर पार गरेको थियो ।

यतिखेर नेपालको वायु प्रदूषण सूचक ८१ एक्यूआइमा पुगेको छ । गत वर्ष झण्डै दुई दर्जनपटक यस्तो एक्यूआइ १८० भन्दा माथि उक्लिँदा नेपालको वायु प्रदूषणस्तर विश्वका प्रमुख १०० शहरको शीर्ष स्थानमा पुगेको थियो ।

यतिखेर चीनको राजधानी बेइजिङ, भारतको राजधानी नयाँ दिल्ली र पाकिस्तानको राजधानी इस्लामावादको वायु गुणस्तर संसारकै अति अस्वस्थ अवस्थामा पुगेको छ । प्रदूषक र जैविक इन्धनको अतिप्रयोग तथा ठूलो भूभागका खेतबारीमा पराललगायत वनस्पति जलाउँदा निस्कने धुवाँले यी देशमा हरेक वर्ष वायु प्रदूषणले रेकर्ड राख्ने गर्छ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसो/सुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।

चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ ।

फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।

पश्चिमी वायु सक्रिय भएका बेला माघ पहिलो सातातिर केही वर्षा हुन्छ । अन्य समयमा पनि आक्कलझुक्कल वर्षा भए पनि वायुमण्डलमा रहेको प्रदूषणको तह नै निखार्नेगरी बारम्बार झरी पर्दैन ।

माघदेखि तापक्रम बढ्न थाले पनि वर्षा कम हुने हुँदा उपत्यका, तल्लो उचाइका नदी किनार तथा तराई क्षेत्रको आकाशबाट तत्कालै धुवाँ धुलोको तह हट्दैन ।

यो पनि –

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित शहर

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो (तस्बिरहरू)

जनस्वास्थ्यविद्‌हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्‍याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्‌ । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।

यहीकारण हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिने गरेका हुन्‌ ।

पश्चिमी वायु : समस्या र वरदान दुबै !

जाडोको समयमा समुद्र न्यानो हुन्छ र जमिन चिसो हुन्छ । मध्य-एसिया पनि चिसो हुन्छ । मध्य-एसियामा वायुको चाप बढी हुन्छ ।

बढी वायुको चाप भएको मध्य-एसियाबाट कम वायुको चाप भएको हिन्द महासागर र प्रशान्त महासागरतिर वायु बहन्छ । यसलाई ‘जाडोको मनसुन’ भनिन्छ ।

यो समयमा मध्य-एसियामा हावाको चाप बढी हुन्छ । बढी चाप भएको मध्य-एसियाबाट कम चाप भएको समुद्रतिर वायु बहन्छ । दक्षिण एसियामा चाहिँ हिन्द महासागरतिर बहन्छ । यसैलाई जाडोको मनसुन भनिएको हो । जाडोको मनसुन धेरै चिसो र सुख्खा हुन्छ ।

भूमध्यसागरबाट वहने जाडोको मनसुन निम्त्याउने पश्चिमी वायु मध्य-एसिया हुँदै तिब्बतबाट नेपालमा भित्रिन्छ । यस्तो पश्चिमी वायु महाकाली नदी हुँदै नेपालमा प्रवेश गर्छ । यो वायु पुसको अन्तिम र माघको पहिलो हप्तातिर नेपालमा महसुस हुनेगरी बहन थाल्छ ।

यो वायु धेरै चिसो र सुख्खा हुन्छ । यो वायु सिरेटो अर्थात चिसो हावाको रूपमा बहन्छ । हिमालय पहाड नभएको भए मङ्गोलिया र तिब्बतबाट आउने सबै चिसो सिरेटो नेपाल हुँदै भारत र बंगलादेशतिर लाग्थ्यो ।

तर, हिमालले छेकिदिन्छ र नेपाललाई बढी चिसो हुनबाट बचाउँछ । चीनमा यो वायुले चिसो निकै बढाउँछ । त्यसैले चीनमा गर्मीमा धेरै तातो र जाडोमा धेरै चिसो हुन्छ ।

यही पश्चिमी वायुले जाडोकै समयमा पनि नेपालमा वर्षा गराउँछ । सुदूरपश्चिमसहित देशका उच्च भूभागमा प्रशस्त हिमपात गराउँछ भने मैदानी भागमा वर्षा गराउँछ ।

यो वायु जति पूर्व जान्छ – त्यति नै कम वर्षा हुन्छ । जुन वर्ष सुदूरपश्चिम र मध्यपश्चिममा पश्चिमी वायुबाट धेरै वर्षा भयो, त्यो वर्ष कृषि उत्पादन पनि बढ्छ । रोगव्याधी पनि कम हुन्छ ।

नेपालमा हिउँदे वर्षा गराउने यस्तो पश्चिमी वायु १० वर्षमा चार वर्ष भने भारतको उत्तराखण्डबाटै फर्कन्छ । यी वर्षमा नेपालको हिउँदे बाली उत्पादन घट्छ र रोगव्याधी पनि बढ्छ ।

त्यसैले, वायु प्रदूषण बढाए पनि हिउँदे वर्षा गराउने पश्चिमी वायु नेपालका लागि वरदान मानिन्छ । यो वायुले नेपालको पश्चिमतर्फ २० देखि ३० मिलिमिटरसम्म वर्षा गराउँछ । काठमाडौं उपत्यकामा १० देखि १५ र पूर्वी नेपालमा ५ देखि १० मिलिमिटरसम्म हिउँदे वर्षा हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : २९ बजे

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।